एक युवा समुह एक नमुना उद्योग संञ्चालन गर्छौ : युवा परिषद उपाध्यक्ष ढुंगेल

Posted on: 24 Mar, 2016

चैत्र ११, प्रज्वल पौडेल, रामेछाप । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले एक युवा समुह एक नमुना उद्योग सञ्चालन गर्न चाहेको बताएका छन् । शान्ति र विकासका लागि साझेदारी नेपालले बुधबार सदरमुकाम मन्थलीमा भुकम्प पश्चातको पुननिर्माणमा युवाहरुको भुमिका विषायक अन्तक्रिया कार्यक्रममा बोल्दै ढुगेलले यस्तो बताएका हुन् ।

madhav dhungel

ग्रामीण क्षेत्रलाई लक्षित गर्दै युवासमूह बनाएर यस्तो कार्यक्रम सञ्चालन गर्दा शहर उन्मूख र बैदेशिक रोजगारीमा जाने युवाहरुको चाप घट्ने उनको दाबी छ । उनले आफ्नो कार्यकालमा ठोस कार्ययोजना बनाएर युवाको सीप विकास क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताए । विकास निर्माणका कार्य सूचारु गर्न सेमिनार र गोष्ठीमा अत्याधिक खर्च हुने गरेको बताउदै ढुंगेलले त्यसको परिणाम भने शुन्य रहेको धारणा राखे ।

madhav dhungel 2

संस्थाका अध्यक्ष हिमाल महतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पत्रकार बद्रि नयाँघरे , गैसस महासंघका अध्यक्ष मिलन घिसिङ लगाएतले युवा लक्षित कार्यक्रमहरु प्रभावकारी ढंगवाट संञ्चालन गर्न सुझाव दिएका छन् ।

madhav dhungel 3

यस बिषयमा तपाइको प्रतिक्रिया...!