मानव बेचबिखन तथा देहव्यापारको आरोपमा एक महिला पक्राउ

Posted on: 22 Nov, 2019

मंसिर ६, कैलाली | मानव बेचबिखन र देह व्यापारमा संलग्न भएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ | कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित एक होटल संचालिका महिलालाई प्रहरीले पक्राउ गरेको हो |

काम लगाइदिने भन्दै एक बालिकालाई देह व्यापारमा संलग्न महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ | ति बालिकालाई होटलमा आउने पुरुष ग्राहकसँग जबरजस्ती अनैतिक सम्बन्ध राख्न बाध्य पारेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए |

राना विरुद्ध मानव बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरीइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!