सुनिलस्मृति गाउँपालिका वडा नं. ५ ले विद्यालयमा बसाइ व्यवस्थापनलाई अगाडि बढाउदै

Posted on: 23 Nov, 2019

मङ्सिर ७, रोल्पा | सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्रा रोल्पाले वडा भित्रका सामुदायिक विद्यालयहरुमा बसाइ व्यवस्थापनका लागि कार्पेट टेवुल वितरणर गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त सामाग्रि हस्तान्तरण गरिएको थियो । 

बालविकास देखि कक्षा ३ सम्मका सवै विद्यालयहरुमा विद्यार्थीहरुलाई पढ्न सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई अगाडि बढाएका हौँ वडा नं. ५ का वडा अध्यक्ष नमराज थापाले बताउनुभयो । उहाँले भन्नुभयो म विद्यालय पुग्दा विद्यालयका विद्यार्थीहरु पढ्नलाई अप्ठेरो भएको महसुस मैले गरे त्यसैले यो कार्यक्रमलाई अगाडि ल्याएको हुँ, अन्तक्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले वडा भित्रबाट गर्न सकिने कार्यक्रमलाई म जतिवेला पनि गर्न आतुर र तयार भएको यसका लागि तपाइहरुले मलाई सकारात्मक सल्लाह सुझाव दिनुपर्छ म वडा भित्र रहदा म तपाइहरुको अध्यक्ष हुँ वडा बाहिर हुँदा तपाइहरु मेरो गुरु भएको हुँदा मलाई तपाइहरुको सल्लाह सुझावको दिनुपर्ने हुन्छ । यो वडा कसरी माथि पुर्उयाने भन्ने तपाइ बुद्धिजिविहरुको हात हुन्छ त्यसैले म दिनरात तपाइहरुसँगै छु वडाले गर्न सक्ने वडा बाट हुन्छ वडाको क्षमता भन्दा माथिका कुरा गाउँपालिका, प्रदेश सरकार संघिय सरकार सम्म आफ्नो कुरा पु¥याउने र वडाका लागि निरन्तर लागि रहने अध्यक्ष थापाले बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भन्नुभयो विकासको मेरुदन्ड भनेकै शिक्षा भएको हुँदा हामि शिक्षालाई कसरी माथि उठाउने भन्ने बारे लागि रहेको छौँ । जस्तै आज यस वडाले गरेको कामको सवैले प्रशंसा गर्नुपर्ने काम गरेको छ यस्तै कामहरु अव अन्य वडाहरुमा पनि गरिने गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्तीले भन्नुभयो हामि सवै विद्यालयका निजि शिक्षकहरुलाई तलव खुवाउने व्यवस्था गरिसकेका छौ, त्यो अलि अपुग भएको हामिलाई महसुस भएको छ । त्यसैले शिक्षा समितिलाई सवै तथ्याङ्क सहित पेश गर्न निर्देशन गरेको छु । हामिले भनेका छौँ विद्यालय सञ्चालन गर्न सर्वसाधरण बाट पैसा उठाएर चलाउन नपर्ने बातावण बनाउदै छौ त्यस्तै सवै विद्यालयहरुमा इ हाजिरीको व्यवस्था, माध्यामिक विद्यालयहरुमा सिसि क्यामेराको व्यवस्था कक्षा ३ सम्म बसाइ व्यवस्थापनको लागि हामि अगाडि बढेका छौ । विद्यार्थीको चाप भएका विद्यालयहरुमा शिक्षकहरुको माग समेत गरेको अध्यक्ष घर्तीले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनी, नेपाल कम्यूनिष्ट पार्टी सुनिलस्मृतका गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, जिल्ला सदस्य रत्न महरा, वडा नं. ५ का अध्यक्ष विजय थापाको सामुदायि विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको समेत उपस्थिती रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!