पश्चिम भारतमा सडक दुर्घटनामा परी बाह्र जनाको मृत्यु

Posted on: 23 Nov, 2019

मङ्सिर ७, (रासस /सिन्हवा) । भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।

 यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जनाएको छ । 

शनिबार बिहान ३ः३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दुर्घटना भएको जनाइएको छ ।  बसचालकले गाडीको नियन्त्रण गुमाएपछि उक्त दुर्घटना भएको थियो ।  

उक्त दुर्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो । चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ, ।  छ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!