ललितपुरमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

Posted on: 23 Nov, 2019

मङ्सिर ७, काठमाडौँ । ललितपुरमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त घटना भएको हो ।

दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराई मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बा९१प १३०१ नंको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!