सात जना जुवाडे न्युरोडबाट पक्राउ

Posted on: 24 Nov, 2019

मंसिर ८, काठमाडौँ | साढे ६ लाख रुपैयाँसहित काठमाडौंको न्युरोडबाट सात जना जुवाडे पक्राउ परेका छन् | शनिबार मध्यराति न्युरोडको रन्जना गल्लीबाट सात जना जुवाडे प्रहरीले पक्राउ गरेको हो | 

प्रहरीले पक्राउ पर्नेमा प्रदीप श्रेष्ठ, रमेश थापा, रविन तामाङ, सरुन तामाङ, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ |

पक्राउ परेकामाथि जुवा ऐन अन्तर्गत अनुसन्धान तथा कारबाही थालिएको परिसरले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!