मर्निङवाकमा निस्केका डाक्टर बानेश्वरमा गाडीको ठक्करबाट मृत्यु

Posted on: 24 Nov, 2019

मंसिर ८, काठमाडौँ | काठमाडौँको बानेश्वरमा गाडीले ठक्कर दिएर एकजनाको मृत्यु भएको छ | आइतबार बिहान मर्निङवाकमा निस्किएका बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको मृत्यु भएको हो |

उनलाई सिभिल अस्पताल पुर्याएलगत्तै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरे | महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले जानकारी दिए | उनलाई  ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!