एस.एल.सी. परीक्षालाई मर्यादित बनाउन सहयोग गर्ने कार्यालय प्रमुखहरुको प्रतिबद्धता

Posted on: 25 Mar, 2016

चैत्र १२, प्रज्वल पौडेल, रामेछाप ।

रामेछापका कार्यालयहरु प्रमुखहरुले चैत्र १८ गते देखि सञ्चालन हुने एस.एल.सी. परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यालय प्रमुखहरुको बैठकमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बैठकले जिल्लास्थित सबै सरकारी कार्यालयहरुको घर जग्गा तथा सवारी साधनको लगत प्राप्त भएको ढाँचा बमोजिम विवरण भरी चैत्र १४ गते भित्र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले सबै कर्मचारीले कार्यालय समयभित्र तोकिएको पोशाक अनिवार्य रुपमा लगाउने, सेवा प्रवाह र विकास निर्माणका कामलाई अझ प्रभावकारी र द्रुत गतिमा अगाडी वढाउने निर्णय पनि गरेको छ ।

बैठकमा फागुन २० र २१ गते भुजी, चैत्र ३ र ४ गते लखनपुर र चैत्र ५ र ६ गते गाल्पामा सञ्चालन गरेको एकिकृत घुम्ति शिविरका बारेमा पनि बैठकमा समिक्षा गरेको छ । ग्रामीण भेगमा सञ्चालन भएको सो शिविरबाट १६०२ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!