दाङमा विकासमा फड्को मारेको छ : मुख्यमन्त्री पोखरेल

Posted on: 24 Nov, 2019

मङ्सिर ८, तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङले विकासमा फड्को मारेको बताउनुभएको छ । दाङमा आज दङ्गीशरण गाउँपालिका–२ कलमखोलामा भएको चुनावीसभामा उहाँले भन्नुभयो, “अहिले दाङमा दुई दर्जन बढी पुल निर्माण भएका छन्, अझै पनि  केही पुल निर्माणको प्रक्रियामा रहेका छन् ।” 

उहाँले प्रदेश नं ५ सरकारले दाङमा सडकलाई प्राथमिकता दिएकोसमेत बताउनुभयो । अहिले दामोदर सडक तथा मदनभण्डारी राजमार्ग निर्माणले गति लिएको उहाँको भनाइ छ । त्यस्तै राप्ती लोकमार्ग, तुलसीपुर–अमिलिया, लमही–घोराही, घोराही–तुलसीपुर सडकखण्ड स्तरोन्नतिको प्रक्रिया अघि बढेकोसमेत बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ का इञ्चार्जसमेत रहनुभएका पोखरेलले दुई वर्षमा सरकारले उल्लेख्य काम गरेको बताउनुभयो । साथै उहाँले अहिलेको निर्वाचनमा नेकपा तर्फबाट दाङ क्षेत्र नं ३ को प्रदेशसभा–२ मा उम्मेदवार बन्नुभएका विमला ओलीले जीत हात पार्नेसमेत बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!