एनसेलले ल्यायो आफ्ना ग्राहकका लागि ‘रिचार्जमा चमत्कार’ योजना

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाण्डौ । एनसेलले‘रिचार्जमा चमत्कार’नयाँ योजना ल्याएको छ । एनसेलले यो योजनाबारे जानकारीसहित एक टीभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् पाँच भाग्यशाली कोडको घोषणा गरेको छ । 

एनसेल ग्राहकले यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरवाहक जनही २ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

एनसेलले आफ्नो कस्टमर लोयल्टी योजना अन्तर्गत यो ‘रिचार्जमा चमत्कार’अफर मंसिर १ गतेदेखि सञ्चालनमा ल्याएको हो । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँनेछन् । 

योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेतालाई एनसेलले यही शुक्रबार (मंसिर १३) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ साढे ६ बजे एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली विजेता ग्राहकहरुको घोषणा हुन्छ ।

हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरीएनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकले १०० रुपैयाँ वा त्योभन्दा को ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विषेशकोड एसएमएसमार्फत प्राप्त गर्छन् । 

उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । 

ग्राहकले यसरी प्राप्तहुने प्रत्येक कोड नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नु पर्ने हुन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!