प्रधानमन्त्री ओलीको शल्यक्रिया सकियो

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाडौँ | मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ | पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओली भर्ना भएका थिए |

उनको शल्यक्रिया डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले गरेका हुन् | स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने निर्णयमा चिकित्सकहरू पुगेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!