आगोमा जलेर धनगढीमा एक महिलाको मृत्यु

Posted on: 26 Nov, 2019

मंसिर १०, कैलाली | मंगलबार दिउसो आगोमा जलेर धनगढीमा एक महिलाको मृत्यु भएको छ | जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्वर ७ कि ७४ बर्षीय सुवधरा सिंहको आगोमा जलेर मृत्यु भएको हो |

आफ्नै घर आगनमा आगो तापीरहेको अवस्थामा एक्कासी शरिरमा आगो सल्कीन गई उनी गम्भिर घाईते भएकी थिईन | 

 उपचारको लागी सेति अन्चल अस्पताल ल्याएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!