मोटरसाइकल र गाडीको नम्बर यसरी लेख्नुहोस,तोकिएबमोजिम नभए कारबाही

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाडौँ | मोटरसाइकल र गाडीको नम्बर यातायात व्यवस्था विभागले तोकिएबमोजिम नलेखेको पाइए कारबाही गरिने भएको छ | सोमबार विभागले सूचना जारी गर्दै प्रदेश नम्बर सहितको नम्बर प्लेट भएका अधिकांशले गलत तरिकाले नम्बर प्लेट राखेको बताएको छ | 

विभागले बताइए अनुसार सवारीको अगाडिको प्लेटमा तल र माथि गरी दुई लाइनमा र पछाडिको प्लेटमा ३ लाइनमा नम्बर प्लेटमा लेख्नुपर्ने छ | जुन मापदण्ड अञ्चलको नाममा दर्ता भएका सवारी साधनलाई भने लागू हुने छैन |

गत वर्ष दशैंअगाडि मोटरसाइकलको लागि बागमती अञ्चलमा ९९ अंकको नम्बर सकिएको थियो | त्यसपछि मन्त्रिपरिषदले देश संघीयतामा गइसकेकोले अञ्चलमा अंक थप्नुको सट्टा प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!