प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

Posted on: 27 Nov, 2019

मङ्सिर ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ | उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मु रहेको छ | ओलीको मंगलबार अपरेसन गरेको थियो | प्रधानमन्त्रीलाई हिजैदेखि भेल्टिलेटर प्रयोग गरिएको र मुखमा माक्स लगाइएको थियो |

आज बिहान उनको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको छ | प्रधानमन्त्रीलाई डाक्टरहरूको निरन्तर निगरानीमा राखिएको छ | स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई भेट्न परिवारका सदस्य र पार्टीका नेता पनि बुधबार अस्पताल पुगेका छन |

उनकी  पत्नी राधिका शाक्य बिहान सवा १० बजेतिर प्रधानमन्त्रीलाई भेटेर फर्किएकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!