दाङमा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु, २० घाइते

Posted on: 27 Nov, 2019

मङ्सिर ११, दाङ | दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् | घोराहीबाट प्यूठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस बंगलाचुली गाउँपालिका वडा नं. ६ बेचेनीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ |

मृत्यु हुनेमा प्यूठानको मान्डबी गाउँपालिका वडा नं. १६ निवासी नेहा वली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ | उक्त दुर्घटनामा चालकसहित २० जना घाइते भएका छन् | घाइतेमा प्यूठान मान्डवी १ निवासी चालक ३४ बर्षीय लोकबहादुर बुढा,दाङ घोराही उपमहानगरपालिका वडा नं. १ निवासी ३२ बर्षीय सन्तोष परियार, घोराही १६ निवासी २२ बर्षीया बिमला शर्मा, बंगलाचुली गाउँपालिका वडा नं. ६ निवासी , बंगलाचुली ४ निवासी १८ बर्षीया गिरा केसी, प्यूठान मान्डबी गाउँपालिका ४ निवासी २० बर्षीया समिक्षा शर्मा , मान्डबी २ निवासी २० बर्षीय युवराज परियार, सोही ठाउँका १९ बर्षीय यज्ञ परियार, दाङ घोराही ३ भैसपुर निवासी २२ बर्षीया दीपा केसी, प्युठान मान्डपी गाउँपालिका वडा नं. २ निवासी २४ बर्षीया बिरास परियार, घोराही १७ निवासी ३८ बर्षीय बिरु घिमिरे रहेको प्रहरीले जनाएको छ |

दुर्घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!