सिन्धुपाल्चोक केन्द्रविन्दु बनाई ५ रेक्टरको भूकम्पको धक्का, काठमाडौंमा पनि हल्लायो

Posted on: 28 Nov, 2019

मङ्सिर १२, काठमाडौँ | सिन्धुपाल्चोक केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । 

बुधबार राति १० बजेर ८ मिनेट जाँदा भूकम्प गएको पुष्टि भूकम्प मापन केन्द्रले गरेको छ । यसको धक्का काठमाडौं र आसपासका क्षेत्रमा महसुस गरिएको थियो । 


यो गोर्खा भूकम्पको पराकम्पनै भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु बनाई ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । साढे चार वर्ष बितीसक्दा पनि उक्त भूकम्पको परकम्प महसुस भईरहेको छ । 

भूकम्प मापन केन्द्रले हालसम्म २० हजारभन्दा बढी साना–ठूला धक्काको महसुस गरिएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!