सडक बेच्ने उल्टो साइकलयात्रीलाई १ वर्ष ६ महिना कैद सजाय

Posted on: 28 Nov, 2019

 मंसिर १२, काठमाडौं । सगरमाथा लोकमार्गको जग्गा ठगी गरी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले उल्टो साइकलयात्री विरेश दाहालसहित ४ जनालाई जरिवानासहित कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले उनीसहित शिवप्रसाद दाहाल, दीपेन्द्र चौधरी र वुद्धिप्रसाद दाहाललाई कैदसहित जरिवाना फैसला गरेको हो । 

एक वर्ष ६ महिना कैद सजाय पाएका विरेश अझै पनि फरार रहेका छन् । उनीहरुले लोकमार्गको सडक बिक्री गरेको अदालतको ठहर छ । राजधानी दैनिकमा खबर छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!