उपत्यकाभित्र दुई दिन जोर-बिजोर प्रणाली लागू हुने

Posted on: 28 Nov, 2019

मंसिर १२, काठमाडौँ | मङ्सिर १५ गते नेपालमा हुनलागेको १३ औं दक्षिण एसियाली खेलकुदका लागि ट्राफिक व्यवस्थापन गर्न जोर–विजोर प्रणाली लागू हुने भएको छ | उक्त खेलको अवसरमा ट्राफिक व्यवस्थापन गर्न मंसिर १५ र २४ गते जोर बिजोर प्रणाली लागु गर्न लागिएको हो |

सागको खेल मङ्सिर १५ देखि २४ सम्म हुने छ | साग सुरक्षाा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताए | साग उद्घाटनको दिन १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै चल्ने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन् |

मालवाहक ठुला सवारी साधनलाई पनि चक्रपथ भित्र प्रवेश नगर्न, हर्नको प्रयोग नगरी ट्राफिक नियमको पालना गर्न प्रहरीले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!