गोकर्णेश्वरका वडा सचिव २५ हजार घुससहित पक्राउ

Posted on: 28 Nov, 2019

मंसिर १२, काठमाडौं | गोकर्णेश्वरका वडा सचिव २५ हजार घुससहित पक्राउ परेका छन् |  बुधबार कार्यालयबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित पक्राउ गरेको हो |

सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले बास्कोटालाई वडानम्बर ६ को लक्ष्मीनारायण मन्दिर परिसरबाट नियन्त्रणमा लिएको हो  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!