दुई दिन सवारीमा जोर –बिजोर प्रणाली लागु

Posted on: 29 Nov, 2019

मङ्सिर १३, काठमाडौ | काठमाडौका सवारी साधनमा दुई दिन जोर–बिजोर प्रणाली लागू हुने भएको छ । 

१३औं दक्षिण एसियाली खेलकुद (साग) उद्घाटनका दिन आउँदो १५ गते बिजोर र समापनका दिन २४ गते जोर नम्बर प्लेटका सवारीमात्र सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 


ठूला मालबाहक सवारीलाई चक्रपथभित्र प्रवेश नगर्न र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न पनि प्रहरीलेआग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!