१२ वर्षीया बालिकालाई भाउले नै वेश्यालय पुर्याइन्

Posted on: 29 Nov, 2019

मंसिर १३, काठमाडौँ | भाउजु नाता पर्नेबाट १२ बर्षिय बालिका वेश्यालयमा बेचिएकी छन् | नेपालका बालवालिकालाई भारतमा लगेर यौन व्यवसायमा लगाउने  दुई जना पक्राउ परेका छन् |  धनुषा घर भइ हाल नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गरिबसेकी जोस्ना भन्ने जुना कुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषाको बेंगाडाबर–६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङ्ग लाई प्रहरीले पक्राउ गरेको छ |

ति १२ बर्षिय बालिकालाई भारतमा काम लगाईदिन्छु भन्दै दिल्ली पुर्याएकी थिइन् |

नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोको फेसबुक पेजमार्फत २०७६ मंसिर ८ गते बालिकाका बुवाले आफ्नो छोरीलाई नयाँ दिल्लीस्थित रानीबागमा पु-याएर बन्धक बनाएर वेश्यावृत्तिमा लगाएको भन्दै घटनाको जानकारी दिएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताए |

सूचनापछि तत्काल ब्युरोले मंसिर ९ गते भारतको नयाँ दिल्लीस्थित नेपाल प्रहरी सहचारी र सामाजिक संस्थासँगको समन्वयमा पिडितको उद्दार गरी नेपाल फर्काएको थियो | बालिकाको बयानको आधारमा बेचबिखनमा संलग्न रहेका खड्का र तामाङलाई ब्युरोबाट खटि गएको प्रहरी निरीक्षकको टोलीले धनुषाबाट पक्राउ गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!