जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on: 29 Nov, 2019

मंसिर १३,काठमाडौं | काठमाडौँको  नागार्जुन नगरपालिका-३ बाट ३६  वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३१ वर्षीय सोमराज नगरकोटीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ |

ती महिलालाई नगरकोटीले पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर पाए पछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो |

यस बिषयमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!