काठमाडौँबाट नक्कली प्रमाणपत्र बनाउने ३ जना पक्राउ

Posted on: 29 Nov, 2019

मंसिर १३,काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्र बनाउने  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ | पक्राउ पर्नेमा  धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन दवाडी, चितवनको रत्ननगर नगरपालिका १६ का अमृत खुर्सेली र ओखलढुंगाको रानीवन–७ का सविनकुमार तोलाङ्गी रहेका छन् |

काठमाडौँका बिभिन्न स्थानबाट पक्राउ गरेको हो | दवाडीको साथबाट विभिन्न विद्यालय तथा  कलेजको नक्कली प्रमाणपत्र बरामद गरिएको छ | अमृतको साथबाट सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हतियार तालिम र विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमणपत्र फेला परेको सीआईबीले जनाएको छ |

यस्तै विभिन्न व्यक्तिको नामको पासपोर्ट, नेपाल आर्मीले प्रदान गर्ने सिफारिस पत्र पनि बरामद भएको छ । उनीहरुको साथ नक्कली प्रमणपत्र बनाउन प्रयोग भएका प्रिन्टर, कम्प्युटर, लेटरप्याड लगायतका सामग्री पनि बरामद गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!