कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु, हिजो देखि शव घटना स्थलमै

Posted on: 29 Nov, 2019

मंसिर १३, कैलाली | कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ | जिल्लाको जानकी गाउँपालिका–४ मुनुवामा बिहिबार अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ |

साईकलमा सवार से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको बिहिवार अपरान्ह ४ बजे मृत्यु भएको थियो  | मृतकाका आफन्तले क्षतिपूर्ती र दोषीलाई कानूनी कारवाहीको माग गर्दै प्रदर्शन थालेपछि अहिले सम्म शव घटनास्थलमै रहेको हो |

प्रहरीले ट्याक्टर चालक नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले ट्याक्टरधनीसँग वार्ताको तयारी भईरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!