मुगुका जेष्ठ नागरिकको गुनासो, सरकारले आश्वासन मात्रै दियो समस्या हल गरेन्

Posted on: 29 Nov, 2019

दान बहादुर बुढा | मंसिर १३, मुगु | मुगु जिल्लाका बृद्धहरुको गुनासो कसैले नसुनेको बताएका छन् | जेष्ठ नागरिकको सुझाब सल्लाह संकलन गरि केन्द्रय सरकार सम्म पुराउन वा समस्या बुझन् आएकी राष्ट्रिय समाबेसि ओयोगकिकार्यवाहक अध्यक्ष माथि जेष्ठ नागरिकहरुले आफुहरुको गुनासो नसुनेको गुनासो गरेका छन् |


स्थानिय सरकार देखी केन्द्र सरकारले आश्वासन मात्रै दिनेगरेको उनीहरुको भनाई छ | सरकारले जेष्ठ नागरिकलाई मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आए पनि समयमा त्यही सामाजिक सुरक्षा भत्ता पनि पाउदैनौ,उनीहरुको गुनासो थियो |

बिहिबार सदरमुकाम गमगढीमा राष्ट्रिय  समावेशी आयोगले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागि भएका जेष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन | सरकारले ६० वर्ष देखि ६९ वर्षसम्मका जेष्ठ नागरिकलाई मासिक दुई हजार र ७० वर्ष माथिका जेष्ठ नागरिकलाई मासिक तीन हजार सामाजिक सुरक्षा भत्ता प्रदान गरे पनि स्थानीय निकायले दशै तिहार बिती सकेपछि मात्र ढिलोगरी उपलब्ध गराएको उनीहरुको गुनासो छ |


"जिल्लामा पछिल्लो समयमा जेष्ठ नागरिकहरुलाई बस्नको लागी बृद्धस्थान , भजन कृतन, मनोरन्जन र आराम गर्ने ब्याबस्था नभएको हुदा २,३ बर्ष पहिले देखी केन्द्र सरकारसंग पुगेर निबेदन र परियोजना प्रस्तावना पेश गरे पनि आश्वासन दिएको र  कुनै पनि निकाय बाट नभएपछि गत बर्ष मात्र छायानाथ नगरपालिकाले ५ लाख बजेट जेष्ठ नागरिकलाई दिएको हुने खाने बाटो टाठोले निकालेर आएको देखीन्छ |"जेष्ठ नागरिक संघ मुगुका अध्यक्ष गगनबहादुर मल्लले बताए ।


 सरकारले स्वास्थ्य उपचार सेवा, यातायात सेवामा छुट ,पाउने व्यवस्था गरिएको भने पनि सेवा प्रदायक क्षेत्रबाट सेवा पाउन नसकेको अध्यक्ष मल्लले बताए | जेष्ठ नागरिकले चौंमासिक रुपमा पाउदै आएको सामाजिक सुरक्षा रकमले भैपरि आउने समस्या समाधान गर्न नसकिने भएकाले सरकारले भत्ता मासिक रुपमा उपलब्ध गराउने व्यवस्था गरि दिनु पर्ने उनिहरुको भनाई छ |


मुगुका जेष्ठ नागरिकका समस्याका विषयमा कर्णाली प्रदेश सरकार,कर्णालीका संसद,संघीय सरकार ,संघीय संसदमा प्रतिनीधीत्व गर्ने संसदसंग छलफल गरि समस्या समाधान गर्न पहल गर्ने राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताईन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!