गाउँमा सहकारी शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता

Posted on: 27 Mar, 2016

चैत्र १३, प्रज्वल पौडेल, रामेछाप ।

नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीका शेयर सदस्यहरुले गाउँ गाउँमा सहकारी शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । सहकारी अध्ययन अवलोकन भ्रमणमा गएका सदस्य र सञ्चालक समितिबीच सदरमुकाम मन्थलीमा शनिबार भएको भ्रमण समिक्षा कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सहकारीको शेयर सदस्य बनेपछि के–कस्तो लाभ लिन सकिन्छ, अरु सहकारी भन्दा आफ्नो सहकारीमा के भिन्नता छ सो कुरा नागरिकस्तरमा पुर्‍याउनुपर्ने उनीहरुको सुझाव छ । उनीहरुले गाउँ गाउँमा सेवा केन्द्र विस्तार गर्नुपर्ने, शेयर सदस्यको आयस्तर बृद्धि हुने र महिला, बालबालिका, युवा लक्षित कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए । उनीहरुले सहकारी अध्ययन भ्रमणले सहकारीविच समन्वय, आपसी सम्बन्ध विस्तार र सहकारी क्षेत्रलाई मजबुत बनाउन महत्वपूर्ण भुमिका खेलेको बताए ।

news 1 चितवन र नवलपरासी जिल्लाका सहकारीहरुले संचालन गरेको बचत तथा ऋणका कारोबार रामेछापमा पनि लागू गर्न सकिने ऋण उपसमितिका सदस्य सिताराम कार्कीको भनाइ छ । सहकारी अध्ययन भ्रमणले सदस्यहरुप्रति आत्मबल बढेको बताउदै सदस्य कार्कीले प्रतिबेदनमा समावेश भएका विषयलाई कार्यान्वयनमा लैजादा संस्थालाई फाइदा पुग्ने बताउनुभयो । त्यसैगरी संस्थाका शेयर सदस्य गोमा थापाले महिला तथा बालबालिकालाई प्रत्यक्ष फाइदा हुने कार्यक्रमहरु सहकारीले संचालन गर्नुपर्नेमा धारणा राख्नुभयो । उहाँले आगामी दिनमा समेत सहकारी अध्ययन भ्रमणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

news 3 कार्यक्रममा सहकारीका सचिव सोमेश थापाले सहकारी अध्ययन भ्रमणमा गएका सदस्यले दिएका सुझावलाई संचालक समितिको बैठकमा लगेर छलफल गरिने बताउनुभयो । उहाँले प्रतिवेदन तथा छलफलमा उठाइएका विषयबस्तुलाई अध्ययन गरि तत्कालिन र दिर्घकालिन कार्यलाई प्राथमिकिकरण गर्दै भावी योजना तयार गर्ने प्रतिबद्धता जनाउनुभयो । सहकारीका नैतिक मूल्यहरुको विश्लेषण गर्दा इमान्दारिता सहकारीका क्रियाकलाप पारदर्शि हुन्छन् सहकारीमा ढाँट छललोभ पाप हुदैन सचिव थापाले भन्नुभयो–आफुलाई सुम्पीएको जिम्मेवारी संचालक समितिले इमान्दारीपूर्वक गर्दछन् । ऐन नियम तथा विनियमको मर्यादामा इमान्दारिता हुन्छ । नीति अनुरुपको आचारण गर्ने गर्छन् ।” सहकारी संस्थामा पारदर्शिता ल्याउनका लागि सहकारी संस्थाका सबै आ–आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्छ– उहाँले भन्नुभयो ।”

news 2 सहकारीका उपाध्यक्ष दीपककुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा व्यवस्थापक रमेशकुमार उदासले सहकारी अध्ययन भ्रमणमा लागेको खर्चको जानकारी गराउनुभयो । नवजागरण साकोसले बार्षिक साधारणसभामा गोलाप्रथाद्धारा छनौट भएका शेयरसदस्य र संचालक समितिका पदाधिकारीसहित ३२ जनालाई ५ दिने सहकारी अध्ययन भ्रमणमा लगेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!