चितवनमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 01 Dec, 2019

मङ्सिर १५, चितवन । माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहनुभएको छ । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ । खत्रीलाई ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!