बाग्लुङमा जिप दुर्घटनामा परी १४ जनाको मृत्यु, उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

Posted on: 03 Dec, 2019

मंसिर १७, काठमाडौँ | बाग्लुङ जिप दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको छ | मंगलबार बिहान गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना भएको हो | ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चेमा दुर्घटना भएको हो |

कार्की परिवार चढेको उक्त जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको  प्रहरीले जनाएको छ | घाइतेहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए |

मृत्यु हुनेहरुको नाम भने खुलेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!