अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना

Posted on: 03 Dec, 2019

मङ्सिर १७, वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ । 

उहाँलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो । उहाँ हाल ९५ वर्षका हुनुहुन्छ । अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र निरन्तर सुधारोन्मुख रहेको छ । उहाँ केही दिनमै अस्पतालबाट डिस्चार्ज हुनुहुने पनि अस्पतालले जनाएको छ ।

गत नोभेम्बरमा पनि कार्टरको मस्तिष्क श्राव भएको भन्दै शल्यक्रिया गरिएको थियो । उहाँ अमेरिकाका ३९औं राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा ४० वर्षअघि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!