अमेरिकाबाट सस्तोमा सामान पठाई दिन्छु भन्दै अनलाइन मार्फत ठगी गर्ने दुईजना पक्राउ

Posted on: 03 Dec, 2019

मंसिर १७, काठमाडौँ | अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै अनलाइनमार्फत ठगी गर्ने दुईजना पक्राउ परेका छन् | सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार लगायतका सामान सस्तोमा पठाइदिने भन्दै भारतीय मोबाइलबाट विज्ञापन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो |

महानगरीय अपराध महाशाखाका अनुसार सिन्धुपाल्चोकको चौतारा, साँगाचोकगढी घर भइ हाल भक्तपुरको कौशलटार बस्दै आएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलविनायकका २४ वर्षीय अमन अवाल पक्राउ परेका छन् |

उनीहरुले एक महिनाको अवधिमा ८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ | यस्ता घटनाबाट सचेट रहन सबैलाई प्रहरीले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!