भक्तपुरमा नासु र कार्यालय सहयोग ४० हजार घुससहित पक्राउ

Posted on: 04 Dec, 2019

मंसिर १८, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित दुई जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ | भक्तपुरका भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजीलाई पक्राउ गरेको हो |

सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरे गरेपछि अख्तियारले पक्राउ गरेको छ | करारमा कार्यरत गौतमलाई उक्त रकम दिन भनेर आग्रह गरेको उजुरी परेको थियो |

सोहि सुचनाको आधारमा मंगलबार दुवै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!