डीएसपी कुमोद ढुंगेल विरुद्ध पक्राउ पुर्जिजारी

Posted on: 04 Dec, 2019

मंसिर १८,काठमाडौँ | आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ | जिल्ला अदालत काठमाडौँले क्राउ पूर्जी जारी गरेको हो |उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बित गरेको थियो |

गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो | अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए |

प्रहरीका अनुसार जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग उनकोको पटक-पटक सम्पर्क देखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!