डडेल्धुरामा बस र जीप ठोक्किदा ३ जना घाइते

Posted on: 04 Dec, 2019

मंसिर १८, डडेल्धुरा | डडेल्धुरामा बस र जीप एकआपसमा ठोक्किएका ठोक्किदा तिन जना घाइते भएका छन् | जिल्लाको गन्यापधुरा गाउँपालिका–३ खस्रा खोलामा बस र जीप एकआपसमा ठोक्किएका हुन् |

बुधबार दिपायलबाट धनगढीतर्फ गइरहेको ना४ख ३६०५ नम्बरको बस र डडेल्धुराबाट दिपायलतर्फ गइरहेका से१ज ९०३७ नम्बरको जीप एकआपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। सडक साघुँरो भएका कारण बस र जीप ठोकिएको प्रहरीको अनुमान छ |

गाडीमा सामान्य क्षति पुगेको बताइएको छ। बस र जीप एकआपसमा ठोक्किँदा यात्रुहरू हुत्तिएका कारण घाइते भएको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!