पाल्पामा जीप दुर्घटना: 'दुई जनाको शव अप्ठ्यारो भीरमा झुण्डिएको अवस्थामा'

Posted on: 05 Dec, 2019

मङ्सिर १९, पाल्पा | पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप  सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । 

दुई जनाको शव अप्ठ्यारो भीरमा झुण्डिएको अवस्थामा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी रामप्रसाद शाहले बताए ।

सडकबाट करिब पाँच सय मिटर तल खसेको जीप टुक्रा-टुक्रा भएको छ । जीपमा कतिजना सवार थिए भन्नेसमेत यकिन नभएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!