डोटीमा एक महिलाको आगो लगाएर हत्या

Posted on: 05 Dec, 2019

मङ्सिर १९, डोटी । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो । 

उहाँका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाउनुभयो । हत्यामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफ्नो काम थाल्ने छ ।”

शरीरमा आगो लागेपछि यही मङ्सिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई सेती पहिले प्रादेशिक अस्पताल कैलाली र पछि भारतको बरेली लगिएको थियो ।

बरेली अस्पतालले उहाँको स्वास्थ्यावस्थामा सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उहाँको मृत्यु भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै  विवाह भएको उहाँको घरपरिवारले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!