प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने, राष्ट्रपतिले भेटिन्

Posted on: 05 Dec, 2019

मंसिर १९, काठमाडौँ | प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने भएका छन् | उनलाई डिस्चार्ज गर्नु भन्दा अघि राष्ट्रपति विद्या देवी भण्डारीले भेटेकी छन् | प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए |

प्रेस सल्लाहकार थापाका अनुसार राष्ट्रपति भण्डारीले केहीबेरअघि प्रधानमन्त्रीलाई भेटेकी हुन् | प्रधानमन्त्री ओलीको गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो | 

यसअघि मंसिर १२ गते साँझ पनि राष्ट्रपति भण्डारीले ओलीलाई भेटेकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!