चितवनमा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, एकजना घाइते

Posted on: 06 Dec, 2019

मङ्सिर २०, चितवन । मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प ७३१३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४प ६६५० नंको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ ५ः४५ बजे ठक्कर खाएको हो । प्रहरीका अनुसार ना४०प ७३१३ नंको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

 सोही दुर्घटनामा परी  लु४प ६६५० नंको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का २५ वर्षीय मानबहादुर मस्याङ्गीे घाइते हुनुभएको हो । उहाँको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!