बलात्कारको आरोप लागेका सिद्धबाबा म्याद थपका लागि लगियो अदालत

Posted on: 06 Dec, 2019

मंसिर २०, विराटनगर | सुनसरीको चतरा धामका सिद्धाबबा भनिने कृष्णबहादुर गिरी आफ्नै अनुयायी माथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् | उनलाई प्रहरीले अस्पतालबाट अदालत लगेको हो | जिल्ला अदालत सुनसरीले अनुसन्धानका लागि दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका अदालतमा उपस्थित गराएको हो |

अनुयायी माथि बलात्कार गरेरको उजुरी पछि मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो | पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो |

अदालतले दिएको समय अवधिमा अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपको माग गर्दै उनलाई अदालतमा उपस्थित गराएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!