गुल्मीमा १० वर्षीया बालिका बलात्कृत, ४१ वर्षीय एक जना पक्राउ

Posted on: 06 Dec, 2019

मंसिर २०, गुल्मी | गुल्मीमा ४१ वर्षीय पुरुषले १० वर्षीया बालिकालाई बलात्कार गरेको छ | स्कुल जान हिंडेकी ति बालिकालाई उनले एक फर्निचरको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएका थिए |

अन्य बालबालिकालाई ओरालेको  र ती बालिकालाई अन्यत्रै पुर्याएर बलात्कार गरि फकाउनका लागि ३० रुपैयाँ दिएक थिए | पक्राउ पर्नेमा रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्की रहेको प्रहरीले जनाएको छ |

उनलाई बिहिबार पक्राउ गरी आज अदालतमा उपस्थित गराएको छ |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!