काभ्रेमा बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

Posted on: 07 Dec, 2019

 मङ्सिर २१, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । 

मृत्यु हुनेमा झापाको तोपगाछी–७ बस्ने वर्ष ४२ का खड्गनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!