क्षितिजको सातौ बार्षिक साधारण सभा तथा तेस्रोे अधिवेशन सम्पन्न

Posted on: 08 Dec, 2019

कमल घिमिरे।मंसिर२२। पाँचथर,  पाँचथरको फिदिममा रहेको क्षितिज महिला बहुउदेसीय सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न सम्पन्न भएको छ  । बि.सं.२०७० साल असार २७ गते दर्ता भई २६ जना सेयर सदस्यबाट स्थापना भई हाल पाँथचर जिल्ला भरि कार्य क्षेत्र बनाएर २४४ जना शेयर सदस्य बनाउन सफल भएको हो । 

स्थापना भएको सात वर्ष पुग्दा सहकारीले आर्थिक साथै सामाजिक कार्यमा समेत महत्वपूर्ण योगदान पु¥र्याएको कार्यक्रमा बोल्ने रास्ट्रीय सहकारी बैकका शाखा प्रबन्धक बुद्धराम तामाङ लगायत अन्य सरोकारवालाहरुले बताउनुभयो । कार्यक्रममा सहकारीको आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गदै व्यवस्थापक भद्र घिमिरेले सहकारीको शेयर पूजी १० लाख ६४ हजार आठ सय रहेको बताउनु भयो । 

सहकारीको ऋण लगानी ४८ लाख ३४ हजार ६ सय २९ रुपैयाँ रहेको छ भने सहकारीमा ३५ लाख ४९ हजार ४ सय ३६ रुपैयाँ पाँच पैसा बचत रहेको छ । 

आज सम्पन्न साधारण सभा तथा तेस्रो अधिवेशनमा सँस्थाले नियमित बचतकर्ताहरु बाल बचतमा पवन चापागाई र मान्यता जोशि त्यस्तै असल बचतकर्ता विष्णुमाया खनाल र तुलसा कुमारी घिमिरे र असल ऋणीमा सुनिता अर्याल र सनमाया खवास लाई सम्मान गरिएको कर्मचारी कृष्ण दुलालले जानकारी  दिनुभएको  छ । आज सम्पन्न तेस्रो अधिवेशनमा नयाँ कार्यसमिति गठन गरिएको छ ।  २०७३ मंसिर ३० गते चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन श्री सरस्वती रिजालको अध्यक्षतामा ७ सदसिय संचालक समिति चयन गरिएको थियो । त्यस्तै कल्पना सुवेदीको संयोजकत्वमा ३ संसदिय लेखा सुपरिवेक्षण समिती तथा खिनादेवी चापागाईको संयोजकत्वमा ३ सदसिय ऋण उपसमिति गठन भई संस्थागत गतिविधि संचालन गर्दै आईरहेको थियो । सो कार्यसमिति  आज पुर्नरगठन गरिएको छ । अध्यक्षमा नवर्दा खत्रि उपाध्यक्षमा खिनादेवी चापागाई, सचिवमा सविता राउत र तिनजना सदस्यहरु साथै लेखा समितिमा संयोजकमा सकुन्तला वलि र अन्य २ जना सदस्य चयन गरिए सँगै सहकारीको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!