कोहलपुरमा डीएसपी सहित ९ प्रहरी घाइते, ट्रकमा आगजनी

Posted on: 08 Dec, 2019

मंसिर २२, काठमाडौं | बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ | स्थानीयहरुले गरेको ढुंगामुढा प्रहारबाट प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् |

प्रहरीका अनुसार घाइते प्रहरीको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ | कोहलपुर नेपालगंज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट कक्षा ७ मा अध्ययनरत त्रिभुवन उच्च माध्यामिक विद्यालयकि प्रकृति चन्दको मृत्यु भएको थियो |


बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् | प्रहरीले केही राउण्ड हवाई फायर पनि गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!