रामेछापको ओख्रेनीबाट अनुदान वितरणको प्रक्रिया सुरु

Posted on: 04 Apr, 2016

चैत्र २२, प्रज्वल पौडेल, रामेछाप ।

भूकम्प प्रभावित जिल्लामध्ये रामेछापमा पनि अाइतबारदेखि अनुदान बितरणको प्रक्रिया सुरु भएको छ । रामेछापको रामेछाप नगरपालिका अन्र्तगत साविकको ओखे्रनी गाविसबाट अनुदान वितरणको प्रक्रिया अगाडि बढेको बताइएको छ ।

hari prasad sharma 3

सदरमुकाम मन्थली स्थित जिल्ला विकास समितिमा भएको एक कार्यक्रममा पुननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय दोलखाका प्रमुख हरीप्रसाद शर्माले रामेछाप जिल्लामा साविकको ओख्रेनी गाविसका वडा नं १ देखि ९ सम्मका अनुदान पाउने ७५९ घरधुरीकोे सूची साेमबार सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले सूचीमा परेका भुकम्पपिडितहरुले लगत संकलन गर्दा दिइएको अर्धकट्टी, नेपाली नागरिकताको प्रमाणपत्र र जग्गा धनीको लालपुर्जा लगाएतका कागजात समावेश गरी गाविस / नगरपालिकाका कार्यलयमा सम्झौता गरेपछि रकम दिने प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

hari prasad sharma22

शर्माले कर्मचारीको अभाव, कार्यविधी अझै अपूर्ण रहँदा पुर्ननिर्माण कार्यमा ढिलाइ भएको स्वीकार्नु भयो । उहाँका अनुसार सूचीमा परेका व्यक्तिले अनुदानको पहिलो किस्ताबापत ५० हजार प्राविधिकरणले तोकेको बैङ्क खातामा खाता खोलिएपछि प्राप्त गर्ने छन् , त्यसैगरी दोस्रो किस्ता बापत ८० हजार भवनको टाइ (डिपिसी लेभल) पुरा गरेर प्राविधिकले सिफारिस गरेपछि र अन्तिम किस्ता बापत ७० हजार घरको छाना निर्माण भएपछि उपलब्ध गराउने शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका नेतृत्वहरुले पुर्ननिमाणका कार्य ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्राविधिकरणले तत्काल गाउँगाउँमा कर्मचारी खटाएर भवन निर्माणका कार्य अगाडि बढाइ जनतालाई बर्षाद अगावै छानाभित्र बस्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

programm 11

यस बिषयमा तपाइको प्रतिक्रिया...!