१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on: 09 Dec, 2019

मंसिर २३, कैलाली | १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् | जिल्लाको मोहन्यालय गाउँपालिका-१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो |

उनले ति किशोरीलाई  जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि सुखडकपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो | 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!