सिरहामा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु

Posted on: 09 Dec, 2019

मंसिर, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ | 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका-१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । मृतक दुवैको शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!