काठमाडौँमा ३ बालिकामाथि यौनशोषण गर्ने अमेरिकी नागरिक पक्राउ

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | एयरपोर्ट नजिकैको गेस्टहाउसमा लगेर तिन बालिका माथि यौन शोषण गर्ने एकजना अमेरिकन नागरिक पक्राउ परेका छन् | ४० बर्षिय  जेसन लोयड मुडी पक्राउ पाएका हुन् | 

बालिकालाई आर्थिक प्रलोभन देखाउदै दै एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा लगेर यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आइतबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो |

उनीमाथि जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | उनी बालयौन दूराचारमा समेत संग्लग्न रहेको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!