रामेछापमा सेनाको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

Posted on: 10 Dec, 2019

मंसिर २४, रामेछाप | रामेछापमा सेनाको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ | मंगलबार जिल्लाको  रामेछाप नगरपालिका–८ भंगेरीमा  ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् |

रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेना नयाँ गोरखगणको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिएपछि १४ वर्षका सुशिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ |

घाइते १३ वर्षीय रामकृष्ण तामाङलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप पुर्‍याइएको प्रहरीले जनाएको छ | घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!