काठमाडौँमा युवतीले काटिदिइन् आफ्नै प्रेमीको लिङ्ग

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौं | काठमाडौँमा एक युवतीले आफ्नै प्रेमीको लिंग काटी दिएकी छिन् | प्रेम सम्बन्ध सफल नहुने देखिए पछि ति युवतीले मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय  राजिव सुनुवारको लिङ्ग काटीदिएकी हुन् |

उनको काठमाडौँको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको बौद्धका डीएसपी रमेशबहादुर सिंहले बताए | उनीहरुबीच सम्बन्धमा खटपट आए पछि फोन सम्वाद समेत बन्द भएको थियो | सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाइन् र त्यसैबखत चक्कु प्रहार गरि प्रेमीको लिङ्ग काटिदिएको अनुसन्धानबाट खुलेको छ |

प्रहरीका अनुसार, उनीहरु दुवैजना हायात होटलमा काम गर्छन | दुवै जना फरक-फरक धर्म मान्दा रहेछन | धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव गरेपछि उक्त घटना भएको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!