नाटकबाट लैङ्गिक हिंसाको सन्देश

Posted on: 10 Dec, 2019

कमल घिमिरे।मंसिर२४।पाँचथर, पाँचथरको फिदिममा लैङ्गिक हिंसा विरुद्धको सन्देशमुलक सडक नाटक मञ्चन गरिएको छ । 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा नाटक मञ्चन गरिएको हो ।विभिन्न संघ संस्थाको उपस्थित भइ लैङ्गिक हिंसा विरुद्धका नाराहरु लगाउदै फिदिम बजार परिक्रमा पश्चात सन्देशमुलक नाटक मञ्चन गरिएको हो । 

१६ दिने अभियानको समापन कार्यक्रममा नगर प्रमुख ओनाहाङ नेम्बाङ, नगर उप प्रमुख उर्मिला प्रधान श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी मुरारी वस्ति, प्रहरी प्रमुख सिद्धराज न्यौपाने,  विभिन्न वडाका वडा अध्यक्ष,उद्योग वाणिज्य संघ फिदिमकका अध्यक्ष दिपक नेपाल,पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

फिदिम नगरपालिका र जिल्ला प्रहरी कार्यालय पाँचथरको सम्योजनमा यूगीन थिएटर पाँचथरले नाटक मञ्चन गरेको थियो । कमल घिमिरे को परिकल्पना,प्रेम नेपालको लेखन तथा कुमार ढकालको निर्देशन रहेको नाटकमा चेतन घिमिरे,सुजना मगर,सागर माङ्मु,शिशिर बाँस्कोटा, बर्षा खवास,सविना क्षेत्री लगायत कलाकारले अभिनय गरेका थिए । नाटकमा पुरुष,महिला दुवैमा हुने हिंसाको बारेमा चित्रण गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख विष्णु प्रसाद सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।




 


यस बिषयमा तपाइको प्रतिक्रिया...!