दोलखाका सीडीओमाथि अख्तियार द्वारा छानबिन सुरु

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौं | दोलखाका सीडीओमाथि अख्तियारले छानबिन थालेको छ | अभद्र व्यवहारका अभियुक्तसंग घुस लिएको भिडियो सार्वजनिक भएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका थिए |

उनले मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप छ | अभियुक्त बाट रकम असुलेर मुद्दा नचलाउने निर्णय गरेको सार्वजनिक भएपछि आयोगले छानबिन थालेको हो | उनले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तबाट घुस लिएर मुद्दा धरौटीमा रिहा गर्ने सूचना पत्रपत्रिकामा प्रकाशित भएपछि अनसन्धान थालिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले  बताए |

कोइरालाका अनुसार उनलाई 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरवारमा लेखी पठाइएको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!